Logo

अर्थ

समाज लघुवित्तले खुद नाफाको ८० प्रतिशत रिटेन्ड अर्निङमा राख्ने



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङ्गमा राख्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को खुद नाफाको ८० प्रतिशत रकम रिटेन्ड अर्निङ्गमा राख्ने भएको हो ।

कम्पनीको जेठ २० गते आइतबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले खुद नाफा ३० लाख ७३ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोष राख्ने भएको छ ।

यस्तै बाँकी २४ लाख ९० हजार रिटेन्ड अर्निङमा जम्मा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  १ : ४६ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।