Logo

अर्थ

बजेटमाथिको सामान्य छलफल बुधबार सकिने



काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।

सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् ।

सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ । प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १७:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।