Logo

अर्थ

सुटमालाले ल्यायो सुट एक्सचेन्ज अफर



काठमाडौँ । के तपाईंको दराजमा पुराना कोट थन्किएका छन् ?

वर्षौंदेखी दराजमा थन्क्याईएका, वा प्रयोगमा नआएका कोटहरु छन् ?

त्यसो हो भने अब धन्दा मान्नु पर्दैन । बागबजारस्थित सुटमालाले तपाईंका लागि सुट एक्सचेन्ज अफर ल्याएको छ ।

सर्टिङ सुटिङको क्षेत्रमा बेग्लै पहिचान बनाईसकेको सुटमालाले उपभोक्ताहरूको चाहनालाई मध्यनजर गर्दै सुट एक्सचेन्ज अफर ल्याएको छ ।

यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने भएको छ । सुटमालाका सीईओ राज कार्कीका अनुसार हरेकको सुटको आवश्यकतालाई विशेष ध्यानमा राख्दै यो अफर ल्याईएको हो ।

विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्याउँन यो अफर ल्याईएको कार्कीले बताए । यदि तपाईसँग पुरानो कोट छ भने बागबजारस्थित सुटमालाले त्यसको अवस्था हेरेर मूल्य निर्धारण गर्नेछ । आफूले खरिद गरेको नयाँ सुटमा उक्त मूल्य घटाईनेछ ।

नयाँ सुट गुणस्तरीय र बजार मूल्य भन्दा सस्तो र सुपथ हुने सीईओ कार्कीले बताएका छन् । सुटमालाले बिभिन्न टेलिसिरीयल, इभेन्ट, संघ, संस्था र कम्पनीहरूसँग सहकार्य गरिसकेको छ । नेपालका चर्चित सञ्चारकर्मी, सेलिब्रिटी र उद्यमी, व्यवसायीहरूको रोजाई बन्दै आएको सुटमालालाई सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ८ : ४० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।