काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १७ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे हालसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।
छापावाल सुन आज १ लाख ४२ हजार ७ सय कायम भएको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत जेठ १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै तेजाबी सुन सोमबार तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएकोमा आज १ लाख ४२ हजार कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया