Logo

अर्थ

सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको हृदयघात भई निधन



काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।

बैंकको सिईओसहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो । चार दिनअघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

हृदयघात भएपछि उनलाई श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १२:३५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।