Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

संसदमा बजेटसम्बन्धी छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १४:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।