काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने एकमात्र नेपाली खेलाडी हुन् । २८ वर्षीय सोमपालले देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् ।
सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहनेछन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलर हुन् ।
उनले देशका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सोमपालले ६५ खेलमा ५८ विकेट लिएका छन् ।
स्ट्राइक बलरको भूमिकामा रहेका उनले पावरप्लेमा बलिङ गरे पनि इकोनोमी रेट भने ७.१९ मा सीमित राखेका छन् । यसैगरी सोमपालले टी–२० अन्तर्राष्ट्रियको ३८ पालीमा ११.६६ को औसतले कुल तीन सय १५ रन बनाएका छन् ।




















प्रतिक्रिया