Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ८ करोडको कारोबार



काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा बन्द भएको छ।

आज ३१५ कम्पनीकाे ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ कराेड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। आज १२५ कम्पनीको सेयरभाउ बढेको छ भने ११४ कम्पनीको सेयरभाउ घटेको छ। आज ८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सीईडीबी हाइड्रोपावरकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे २० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार  ३ : २८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।