Logo

अर्थ

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा विशेष छुट



काठमाडौं । प्रभु बैंकका ग्राहकले  हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा विशेष छुट पाउने भएका छन् ।

लमजुङ जिल्लाको सदरमुकाम बेसि सहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विधुतीय माध्यमबबाट बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हार्नेस जिपलाइन प्रा.लि, पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनहरुलाई आकर्षित गर्न सफल भएको देखिन्छ । गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार  ५ : ४९ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।