काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो । याे हालसम्मकाे उच्च मूल्य हाे ।
बिहीबार १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया