Logo

प्रमुख समाचार

बालेनलाई काम गर्न दिन कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई काम गर्न दिन आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद कान्तिका सेजुवालले बालेनलाई काम गर्न दिन सभामुखमार्फत रुलिङको माग गरेकी हुन् ।

काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन्।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कि त हामी खारेज गरौं, हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ सेजुवालले भनिन्,‘त्यो न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो ? फराकिलो गर्नलाई, फुटपाथका व्यापारी, श्रमजीवीलाई काम गर्न नदिने ? मजदूर हिँड्न नदिने ? बालेनको जुन उद्देश्य र भिजनलाई, कामलाई हामी समर्थन गर्छौ। म समर्थन गर्छु।’

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  १२ : ०२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।