काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको १८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपाल रमिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै माइ खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया