Logo

अर्थ

सौर्य गठबन्धनमा आबद्ध हुने सम्झौता प्रतिनिधि सभाबाट पारित



काठमाडौं । प्रतिनिधिसभा बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा बहुमतले अनुमोदन गरेको हो । जसको विपक्षमा एकमात्र नेमकिपाका सांसद प्रेम सुवाल रहेका थिए ।

संसदमा सो सम्झौता अनुमोदनका लागि प्रस्तुत गर्दै मन्त्री बस्नेतले नेपालको ऊर्जाको मुख्य स्रोत जलविद्युत भएपनि त्यसले मात्र माग धान्न नसक्ने भएकोले सौर्य ऊर्जालाई अघि बढाउन सौर्य प्रविधिले सहयोग पुग्ने बताए । सन् २०१५ मा फ्रान्स र भारतले संयुक्त रूपमा बनाएको यो गठबन्धनको मुख्य उद्धेश्य सौर्य ऊर्जाको उपयोगलाई बढाउनु रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार १५:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।