Logo

अर्थ

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट



काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् ।

यससम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको छ । एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्ति मा प्रोफेशनल मेकअप, पेनलेश डिपीलेशन, हेयर कट एण्ड स्टाईलिङ, आईल्यास एक्सटेन्सन, प्रोफेशनल स्टाईलिस्ट, स्पा प्रोसिज्योर, रिजेनेरेटिङ ट्रिटमेन्ट म्यानिक्योर र पेटीक्योर जस्ता सौेन्द्रर्यसम्बन्धी सेवा लिँदा थ्रेड्रिङ्गबाहेक ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानका आउटलेट जस्तै काठमाण्डौ भित्र ८ र पोखरा १, विरगंज १, हेटौडा २ र नारायणघाटमा एउटा आउटलेटबाट सौन्दर्य सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी, ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ४ : ३४ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।