Logo

अर्थ

सुरक्षण मुद्रणसम्बन्धी विधेयक संघीय संसदबाट पारित



काठमाडौं । सुरक्षण मुद्रणसम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको यो विधेयक बिहबार प्रतिनिधि सभाबाट समेत बहुमतका आधारमा पारित भएको हो ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

कानुनी रुपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ४ : ४२ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।