काठमाडौं । आज सुनको मूल्य थप बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको हाे ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया