Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार गर्नेसम्बन्धी सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न सक्ने गरी डिजिटल प्रबिधिको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ ।

यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको बैंकले जनाएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ भने एनसिएचएलको माध्यमबाट यस्ता कारोवारहरु हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिती रहेको थियो ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, QR code सेवा, POS (point of sale) सेवा, credit card , debit card, connect IPS, smart QR teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङका सेवाहरु समेत संचालनमा रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १४:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।