काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग (युएसएआईडी) व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआईडीसँग सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत युएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका युएसएआईडीहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।
बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ एमएसएमईलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्नेछ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




















प्रतिक्रिया