Logo

कोशी प्रदेश

कोसी सरकार गठनविरुद्धको मुद्दा ढुंगाना, मुसलमान र पोखरेलको पूर्ण इजलासमा



विराटनगर । कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबारबाट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा रिटको सुनुवाइ हुने भएको हो ।

संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेकाले सरकार गठन प्रक्रिया बदर हुनुपर्ने मागसहित कार्कीले गएको वैशाख २८ गते रिट दायर गरेका थिए ।

रिटमा अन्तरिम आदेश माग गरिएको थियो । तर, अदालतले अन्तरिम आदेश भने दिएन । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई समर्थन गर्ने सांसदहरूले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिएका थिए ।

प्रदेशसभाका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका एमालेका प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एक पटक विश्वासको मत लिएपछि दुई वर्षसम्म आफूले विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०८१ आईतबार  ११ : ४३ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।