Logo

अर्थ

सेयर बजारमा ४.५९ अंककाे गिरावट, ५ अर्ब १८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३ को विन्दुमा कायम भएको छ ।

आज ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो । आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्र्टन हाइड्रोपावर, शुभव पावर, सिटी होटल, कुथली बुखरी हाइड्रको लगानीकताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  ३ : २२ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।