Logo

प्रमुख समाचार

आईएलसीमा सहभागी हुन जेनेभा तर्फ प्रस्थान गरे श्रममन्त्री



काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् ।

मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । ११ जुनमा मलेसियाका मानव शंसाधन मन्त्री Chee Keong SIM र कतारका श्रम मन्त्री Ali Samikha Al Marri सँग दुई पक्षिय भेट गर्नेछन् । त्यस्तै, १४ जुनमा कोरियाका रोजगार तथा श्रम मन्त्री Jung Sik LEE सँग दुई पक्षीय भेट गर्नेछन् ।

सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन् । नेपालका तर्फबाट उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने छन् । ३ जुन देखी शुरु भएको सम्मेलन १४ जुनमा सकिनेछ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  ७ : ४० बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।