काठमाडौं । आइतबार एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ ।
आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया