Logo

अर्थ

८.९० अंकले बढ्याे सेयर बजार



काठमाडौं । आज सेयर बजार बढेकाे छ । नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२ को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १५:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।