Logo

खेलकुद

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित



काठमाडौं । आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफ्रिका ४ रनले विजयी भएकाे हाे  ।

अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्रै बनायाे ।

जितसँगै समूह ‘डी’ मा रहेको अफ्रिकाले तीन खेलमा तीन जितसहित छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित बंगलादेश भने दई खेलमा एक जित एक पाजयसहित दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ११:१२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।