Logo

गण्डकी प्रदेश

फ्लोर क्रस गर्ने देवकोटा र मनाङेले लिए मन्त्रीको शपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका हुन् ।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  १२ : ०२ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।