काठमाडौं । आज सेयर बजारमा ३३.१५ अंककाे वृद्धि भएको छ । नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ को विन्दुमा बन्द भएको हो ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.१८ अंकले बढेर ३७३.२३ बिन्दुमा पुगेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २०३ कम्पनीको सेयरमूल्य बढेलो छ भने ४१ कम्पनीको सेयरमूल्य घटेको छ । आज २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखरी, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीकाे ३६ करोड ३० लाख रुपैयाँकाे काराेबार भएकाे छ ।
प्रतिक्रिया