Logo

राजनीति

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ : महेश बर्ताैला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिटै सदनमा जानकारी गराउने बताए ।

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  ५ : १४ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।