काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत समूह डी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।
फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा बिहानदेखि निरन्तर वर्षा भएपछि मैदान भिजेको थियो जसको कारण दुवै टोलीले १/१ अंक बाँडेका छन्।
नेपालको यससँगै २ खेलमा नेपालले पहिलो १ अंक जोडेको छ। यता ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। दोस्रो खेलमा एक अंक जोडेको नेपालको सम्भावना कायम छ।
नेपालले अब आगामी शुक्रबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।




















प्रतिक्रिया