Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनकाे मूल्य ताेलामा ६०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुन तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियाे। यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा रु ५ बढेको छ ।

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ११:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।