Logo

खेलकुद

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा



काठमाडौँ । पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । समूह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समूह चरणबाट नै बाहिरिएको हो ।

गएराती हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल बर्षाले रद्ध भएपछि समूह ए मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो । समूह ए बाट भारत यस अघिनै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।

पाकिस्तानले शुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो । तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरेपनि अब पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०७:१०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।