काठमाडौं । जारी टी-२० विश्वकपमा सुपर ८ को समीकरण पुरा भएको छ ।
सुपर ८ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर ८ मा पुगेका छन् ।
अब सुपर ८ को समुह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।
अब सुपर ८ को दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर ८ का खेलहरु जुन १९ देखि हुने छन् ।




















प्रतिक्रिया