Logo

अर्थ

एनआईसी एसिया बैंकले झिक्यो निफ्रामा गरेको लगानी, १०१ रुपैयाँमै १० लाख कित्ता सेयर बिक्रीमा



काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एसिया बैंकले लगानी झिकेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

प्रतिकित्ता १०१ रुपैयाँको दरमा सेयर बिक्री गरेर बाहिरिन लागेको बैंकले जनाएको छ ।

बैंकसँग रहेको सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

आवेदन दिने अवधि असार १७ गतेसम्म तोकिएको छ । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ ।

 

प्रकाशित मिति : ९ असार २०८१, आईतवार १४:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।