काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एसिया बैंकले लगानी झिकेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
प्रतिकित्ता १०१ रुपैयाँको दरमा सेयर बिक्री गरेर बाहिरिन लागेको बैंकले जनाएको छ ।
बैंकसँग रहेको सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, विद्यमान संस्थापक तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सोमबारदेखि क्यापिटलको कार्यालय थापाथली तथा एनआईसी एसिया बैंकका शाखा कार्यालय बिराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।
आवेदन दिने अवधि असार १७ गतेसम्म तोकिएको छ । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ ।




















प्रतिक्रिया