Logo

खेलकुद

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा



काठमाडौं । दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउँदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार बिहान सम्पन्न सुपर ८ को अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथडअनुसार ३ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथडअनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो ।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर ८ को समुह २बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार ११:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।