काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् ।
उनले रिङरोडको विस्तार कार्य ढिलाइ भइरहेकोले असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् ।
उनले १५ गते बिहान ७ बजे कलंकी चोकबाट यात्रा सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–बसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधनसहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
केही दिनअघि मात्रै नेता पौडेलले रिङरोडको विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई भेटी ध्यानाकर्षण गराएका थिए ।
साथै उनले यस विषयमा संसदमा पटक-पटक आवाज उठाउँदै आएका छन् ।
उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूतसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।
काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ ।




















प्रतिक्रिया