Logo

गण्डकी प्रदेश

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक



पोखरा ।  गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । उनलाई मर्यादा पालकले प्रदेशसभा बैठकमा भाग लिन जान नदिई बाहिरै रोकेका छन् ।

देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् । ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छ । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ,’ उनले भने, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’

अहिले संसद् बैठक चलिरहेको छ । देवकोटा भने फर्किने तयारीमा छन् । सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै उनको संसद् पद कायम भएको छ ।

प्रकाशित मिति : असार १३, २०८१ बिहीबार  १ : ३५ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।