कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि चर्चित हास्यकलाकार मनोज गजुरेललाई आईसीयूमा राखेर उपचार गरिँदै छ ।
उनलाई बुधबार दिउँसो आईसीयूमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सिस्नुपानी नेपालका महासचिव टंकराज आर्चायले जानकारी दिए । “अस्तिको दिउँसो उनलाई आईसीयूमा सिफ्ट गरिएको हो । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । सम्भवत केही दिनमै गजुरेललाई आईसीयूबाट डिस्चार्ज हुने बताएका छन् ।
कात्तिक १० गते सोमबार कोरोना संक्रमण पुष्टि भएका गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । आफ्ना दाजुलाई उपचारका लागि अस्पताल ल्याउने लैजाने क्रममा मनोजमा संक्रमण भएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।




















प्रतिक्रिया