काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै छ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
कांग्रेस सभापति देउवा शनिबार दिउँसो एमाले अध्यक्ष ओलीको बाल्कोटस्थित निवास पुगेका थिए । दुवै नेताबीच तीन घण्टाभन्दा बढी समय ‘वान टु वान’ वार्ता भएको थियो ।
एमाले र माओवादीको सहयात्रामा चिसोपन आइरहेका बेला अचानक बस्न लागेको काँग्रेसको पदाधिकारी बैठकले सत्ता परिवर्तनको संकेत गरेको छ ।




















प्रतिक्रिया