काठमाडौं । एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट बस्दै छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति पनि अनुमोदन गर्ने प्रस्ताव रहेको छ । तर साधारण सभा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
त्यस्तै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेले असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।




















प्रतिक्रिया