काठमाडौं । सोमबार सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६ अंकमा कायम भएको छ । आज ४ अर्ब ५६ करोडको काराेबार भएकाे छ । ९५ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १० को स्थिर रहेकाे छ ।
सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, उत्पादन १०, निर्जीवन बीमा ३६, अन्य ८ र व्यापार समूह २४ अंक घटेका छन् । माइक्रोफाइनान्स ४२ र फाइनान्स समूह सूचक ६ प्रतिशत बढेका छन् ।
समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ९.६, सिन्धु विकास बैंकको ५.१, दोर्दीखोला जलविद्युतको ५, फरवार्ड माइक्रोफाइनान्सको ४.२ प्रतिशतले मूल्य बढेकाे छ ।
मैलुङखोला जलविद्युत्को मूल्य ८.३, आँखुखोला जलविद्युत्को मूल्य ४.२ प्रतिशत घट्यो ।




















प्रतिक्रिया