काठमाडौं । काठमाडौं महानगरपालिकाले दोहोरी साँझ, डान्सबार तथा नाइट क्लबलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले एक सूचना जारी गर्दै मनोरञ्जन व्यवसाय गर्ने ४४ वटा दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई ३५ दिन भित्र कर तिर्न आग्रह गरेको हो ।
सो समयभित्र कर नबुझाए आर्थिक ऐन २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया