Logo

अर्थ

नियमनकारी निकाय कमजोर हुँदा सहकारीको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष



काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

बिहीबार सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलबाट कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणका नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निचोडमा समिति पुगेको छ ।

बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतसँग सहकारी क्षेत्रको समस्याबारे छलफल गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १७:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।