काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार ५२.९७ अंकले बढेर २२५७ मा बन्द भएको छ ।
आज २०१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यसदिन ३६ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजारमा आज ७ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सर्वाधिक किनबेच जानकी फाइनान्सको भएको छ ।
आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
आज जानकी फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनी २४ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ ।




















प्रतिक्रिया