Logo

अर्थ

सेयर बजारमा उछाल, ७ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार ५२.९७ अंकले बढेर २२५७ मा बन्द भएको छ ।

आज २०१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यसदिन ३६ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बजारमा आज ७ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सर्वाधिक किनबेच जानकी फाइनान्सको भएको छ ।

आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

आज जानकी फाइनान्सकाे सर्वाधिक कारोबार भएको छ। यस कम्पनी २४ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ ।

 

प्रकाशित मिति : ३० असार २०८१, आईतवार १५:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।