काठमाडाैं । नयाँ आर्थिक वर्ष साउन १ गतेबाट सुरु भएको छ । नयाँ आर्थिक वर्षमा गर्ने कारोबारसँगै डिम्याट खाता (हितग्राही)पनि नविकरण गर्नुपर्ने हुन्छ । अन्यथा, उक्त खातामा धितोपत्र क्रेडिट हुने भएता पनि डेबिट गर्न मिल्ने छैन । डिम्याट नवीकरण नगरी लगानीकर्ताले सेयर सेटलमेन्ट गर्न सक्ने छैनन् ।
निक्षेप सदस्यहरुले असार लागेदेखि नै खाता नवीकरण गर्नका लागि सार्वजनिक सूचना जारी गर्दै आएका छन् । असार मसान्तसम्ममा पनि नवीकरण नगरेका सदस्यहरुले साउनको पहिलो हप्तासम्म नवीकरण गर्नुपर्ने हुन्छ ।
डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १०० रुपैयाँ र मेरो शेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।
डिम्याट होल्डरहरुले आफूले खाता खोलेको बैंक, ब्रोकर, मर्चेन्ट बैंक वा क्यापिटलमा गएर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, विभिन्न वालेटबाट पनि उक्त सेवा शुल्क तिर्न सकिन्छ । यता, डिम्याट खाता नवीकरण गर्न धेरै बैंक, क्यापिलट, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरुले सूचना पनि जारी गरेका छन् ।
नेपाल क्लियरिङ लिमिटेड (सीडीएससी)को पछिल्लो तथ्यांक अनुसार हालसम्म ६३ लाख १२ हजार भन्दा धेरै डिम्याट खातामा सञ्चालनमा रहेका छन् ।




















प्रतिक्रिया