काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । आज नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।
यसदिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदा ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेकाे छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया