Logo

अर्थ

मेरोजवले सार्वजनिक गर्यो एआई, एआईलेनै क्षमतावान कर्मचारी सिफारिस गर्ने



काठमाडाैं । नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरोजव’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई एटिएस ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ ।

मेराेजवका अनुसार रोजगारदाता कम्पनीहरुले मेरोजवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्य बाट एआईले कम्पनीहरुले खोजेको जस्तै सर्वोत्कृष्ठ आवेदकलाई सिफारिश गर्नेछ। मेरोजव एआईले रोजगारदाताहरुले एक एक गर्दै सबै आवेदकहरुको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको कम्पनीले जनाएकाे छ ।

यसअघि रोजगारदाता कम्पनीहरुले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक एक गर्दै हेर्नुपर्ने झन्झट थियो । अब एआईले आवेदन मध्यबाट कम्पनीले खोजेको जस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ ।

विश्वबाजार नै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्षजनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । उनले भने, ‘एउटा जव भ्याकेन्सीमा हजारौं व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरुको लागि सबैको प्रोफाइल स्क्रीन गर्न एकदमै झन्झटिलो हुन्छ। हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरु मध्यबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्ध रूपमा छनोट गर्न सुझाव दिन्छ।’

मेरोजवले १ वर्षको अवधि लगाएर एआई सिस्टम ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ तयार पारेको हो । कम्पनीले विगत डेढ दशकदेखि रोजगारी खोज्न प्रक्रिया सरलीकृत गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १६:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।