Logo

अर्थ

नेपालबाट लगानी भएको पैसा नेपाल नै फर्किने वातावरण बनाउनुपर्छ : स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘नीति मन्थन’ मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै डा.स्वर्णिम वाग्ले अहिले नेपालमा विदेशी मुद्रा १५ अर्ब डलर थुप्रिएको बताएका छन् ।

उनले भने, ‘हाम्रो विदेशी मुन्द्राले १५ महिनाको आयात धन्न सक्ने भइसकेको छ । यसलाई कसरी परिचालन गर्ने भन्ने हो । राष्ट्र बैंकमा यती धेरै विदेशी मुन्द्रा जम्मा भएको पहिलो पटक हो । रेमिट्यान्सले गर्दा नै विदेशी मुन्द्रा वृद्धि भएको हो । नेपालबाट विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ । विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ । नेपालबाट लगानी भएको पैसा नेपाल नै फर्किने वातावरण बनाउनु पर्छ ।’

मौद्रिक नीतिले अब कसरी अगाडी बढ्ने भन्ने महत्त्वपूर्ण काम गर्न सक्ने समय आएको वाग्लेले बताए ।

नीति मन्थनमा अनिल केशरी शाह सहकर्ता रहेका छन् । प्यानलमा नरबहादुर थापा, भुवन दाहाल र वर्षा श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १५:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।