Logo

अर्थ

अर्थतन्त्रका लागि वित्तीय पूर्वाधारको विकास आवश्यक : पूर्वनिर्देशक थापा



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा मौद्रिक विज्ञ नरबहादुर थापाले नेपालको अर्थतन्त्रका लागि वित्तीय पूर्वाधारको विकास खाँचो रहेको बताएका छन् ।

बिहीबार राजधानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकमा अधिक तरलता पनि थुप्रिने तर कर्जा माग नहुने समस्याको गाँठो फुकाउनका लागि नयाँ शिराबाट वित्तीय पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

‘मौद्रिक नीति भनेको समष्टिगत आर्थिक स्थायित्वका लागि नीति तर्जुमा गर्ने कार्य हो । बजेट जस्तो मौद्रिक नीतिको सामाजिक र राजनीतिक उद्देश्य हुँदैन । केबल बाह्य र आन्तरिक अर्थतन्त्रको सुधारका लागि अवलम्बन गरिने व्यापार, मुद्रास्फीति र वित्तीय स्थायित्वलाई यसले गाइड गर्नेगर्छ । यसो गर्दा मुलुकको आर्थिक स्थिति बिग्रन दिँदैन थप बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यमा सघाउ पुर्‍याउँछ । बैंकहरुले अधिक तरलता होल्ड गरिराख्दा पनि मागमा वृद्धि आउन सकेको छैन । यसको गाँठो फुकाउन पनि मौद्रिक नीतिले काम गर्नुपर्ने अवस्था छ । वित्तीय पूर्वाधारको विकास गर्न आवश्यक छ’, थापाले भने ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १५:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।