काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताएको छ ।
यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो । स्रोतका अनुसार नयाँ सरकार गठन पछि लगानीकर्तामा उत्साह देखिएको र यसलाई निरन्तरता दिने उद्देश्यले थप लचक नीतिहरु संलग्न गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वले महशुस गरेका कारण समेत मौद्रिक नीति केहि पछि धकेलिएको हो ।




















प्रतिक्रिया